News प्रथम भद्रकाली खुला फुटसल हुने
गोलनेपाल

पोखरा । भद्रकाली एफसीको आयोजनामा आउँदो माघ ११ र १२ गतेका दिन प्रथम भद्रकाली खुला फुटसल प्रतियोगिता हुने भएको छ ।

प्रतियोगिताको आवश्यक तयारी र टिमदर्ता पनि खुला गरिएको आयोजकले जानकारी दियो । प्रतियोगितामा सहभागिताका लागि टिमदर्ता शुल्क ४ हजार तोकिएको छ ।

स्पोर्टस क्यासल फुटसल एरिनामा हुने प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख तथा फुड भौचर प्राप्त गर्नेछ । त्यस्तै उपविजेताले ५० हजारसहित फुड भौचर र ट्रफी, मेडलका साथ प्रमाणपत्र पर्नेछन् । व्यक्तिगत विधातर्फ पनि आकर्षक पुरस्कारहरुको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।

Post Comments