News
तेस्रो वडा अध्यक्ष कप शुरु हुँदै (खेलतालिकासहित)
सप्तरी । श्री प्रोग्रेसिभ युवा क्लब, सप्तोकी नगरपालिका–८, ओद्राहा, सप्तरीको आयोजनामा यहि पौष १८ गतेदेखि तेस्रो वडा अध्यक्ष कप खुला नकआउट फुटबल शुरु हुँदैछ ।
ओद्राहा माविको खेलमैदानमा हुन गईरहेको प्रतियोगिताको उद्घाटन खेलमा मलिथम फुटबल क्लब र नमो बुद्ध युवा क्लब आमने सामने हुँदैछन् ।
सप्तकोशी नगरपालिका, सप्तरीको मुख्य प्रायोजन तथा सप्तकोशी नगरपालिका वार्ड नम्बर ८ को कार्यालयको विशेष सहयोगमा शुरु हुन गईरहेको प्रतियोगिताको विजेताले उपाधिसहित ५० हजार हात पार्नेछ भने उपविजेताले ३५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
त्यस्तै व्यक्तिगत विधातर्फ पनि पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ । कुल आठ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल पौष २४ गतेका दिन हुनेछ ।
Post Comments
Related News
- मध्यपुर थिमिमा तेस्रो भेट्रान्स फुटबल प्रतियोगिता हुँदै
- एन्फा अध्यक्ष नेम्वाङ र महासचिव राईलाई पक्राउ गर्न अदालतको आदेश
- भरतले उद्धार मैदानमै लगाए मेजरको फुली
- एनएसजेएफ पल्सर स्पोर्टस अवार्डतर्फ ‘पिपुल्स च्वाईस अवार्ड’ को मनोनयनमा फुटबलकी पूजा
- निलम्बनमा रहेको एन्फाले फिफा कै प्रतियोगिता खेल्न खेलाडी छनौट गर्दै