News
तेस्रो वडा अध्यक्ष कप शुरु हुँदै (खेलतालिकासहित)
सप्तरी । श्री प्रोग्रेसिभ युवा क्लब, सप्तोकी नगरपालिका–८, ओद्राहा, सप्तरीको आयोजनामा यहि पौष १८ गतेदेखि तेस्रो वडा अध्यक्ष कप खुला नकआउट फुटबल शुरु हुँदैछ ।
ओद्राहा माविको खेलमैदानमा हुन गईरहेको प्रतियोगिताको उद्घाटन खेलमा मलिथम फुटबल क्लब र नमो बुद्ध युवा क्लब आमने सामने हुँदैछन् ।
सप्तकोशी नगरपालिका, सप्तरीको मुख्य प्रायोजन तथा सप्तकोशी नगरपालिका वार्ड नम्बर ८ को कार्यालयको विशेष सहयोगमा शुरु हुन गईरहेको प्रतियोगिताको विजेताले उपाधिसहित ५० हजार हात पार्नेछ भने उपविजेताले ३५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
त्यस्तै व्यक्तिगत विधातर्फ पनि पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ । कुल आठ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल पौष २४ गतेका दिन हुनेछ ।
Post Comments
Related News
- आशिष राईको उपचारबारे एन्फा भन्छ, “पूर्ण जिम्मेवार छौं”
- रोदनसहित राष्ट्रिय खेलाडी आशिष राईको सहयोग अपिल
- एन्फामा खेलाडी कै नेतृत्व प्राथमिकतामा, राजनैतिक भर्ती केन्द्र बन्न नदिनेः खेलकुद मन्त्री पोखरेल
- एन्फाका पूर्व अध्यक्ष शेर्पा हाजिरी जमानीमा रिहा
- नेपालले महत्वपूर्ण अन्तर्राष्ट्रिय प्रतियोगिता गुमाउन सक्ने (पत्रसहित)