News आयोजक नागिनी सेमिफाइनलमा
गोलनेपाल

नुवाकोट । जारी दोस्रो नागिनी कप नकआउट फुटबल प्रतियोगितातर्फ आयोजक नागिनी थान युवा क्लब बी प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

म्यागङ–५ पोखरी स्थित स्थानीय खेलमैदानमा भएको क्वाटरफाइनल भिडन्तमा आयोजक नागिनी थानले हिम शिाखा युवा क्लबलाई १–० को झिनो अन्तरले हराउँदै सेमिफाइनल यात्रा तय गर्यो ।

त्यस्तै अर्को क्वाटरफाइनलमा जन आवाज युवा क्लबले पनि सहज निकाल्दै सेमिफाइनल यात्रा तय गर्यो । खेलमा जन आवाजले चौतार युवा क्लबलाई ४–१ ले हराउँदै अन्तिम चारमा स्थान बनायो ।

नागिनी थान युवा क्लब म्यागङ–५ नुवाकोटको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ८० हजार हात पार्नेछ भने उपविजेताले ४० हजार प्राप्त गर्नेछ । प्रतियोगिताको फाइनल खेल यहि माघ १८ गते हुनेछ ।

Post Comments