News एन्फा र राखेपद्वारा च्यासल स्टेडियमको निरीक्षण
गोलनेपाल

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) र राष्ट्रिय खेलकुद परिषद (राखेप) ले शहिद स्मारक ए डिभिजन लिगका खेलहरु आयोजना हुने स्टेडियमहरु मध्ये एक च्यासल स्टेडियमको अवलोकन र निरीक्षण गरेको छ ।

राखेपका सदस्य–सचिव टंकलाल घिसिङ, एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ, उपाध्यक्ष दावा लामा, कार्यसमिति सदस्य रमेश व्यञ्जनकार तथा एन्फा महासचिव किरन राईले स्टेडियमको निरीक्षण गरि आवश्यक छलफल पनि गरेका थिए ।

एन्फाले स्टेडियभ लिगका लागि स्टेडियम उपलब्ध गराउन राखेपलाई यसअघि नै पत्र पठाएको थियो । साथै स्टेडियमहरु प्रयोग गरेवापत दिनुपर्ने शुल्क रकम पनि मिनाहा गर्न आग्रह गरेको थियो ।

स्मरण रहोस, एन्फाले आउँदो फागुन १९ गतेदेखि बहुप्रतिक्षित शहिद स्मारक ए डिभिजन लिग आयोजना गर्ने मिति घोषणा गरिसकेको छ । साथै लिगमा सहभागिता जनाउने क्लबहरुलाई टिमदर्ता गर्न र तयारी खर्च लिन पनि आह्वान गरेको छ । जसमध्ये अधिकांश क्लबहरुले टिमदर्ता गरि तयारी खर्च पनि लिईसकेका छन् ।

Post Comments