News सुनिल बल २२औं आहा! रारा पोखरा गोल्डकपका 'सर्वोत्कृष्ट खेलाडी'
उमेश पुन

पोखरा । शनिबार सम्पन्न २२औं आहा! रारा पोखरा गोल्डकपको उपाधि विजेता संकटा क्लबका कप्तान सुनिल बल प्रतियोगिता कै सर्वोत्कृष्ट खेलाडी बनेका छन् । त्यसवापत उनले एक थान स्कुटर हात पारेका छन् ।

पोखरा रंगशालामा भएको फाइनलमा संकटाले बीवाइएससी, अमेरिकालाई ३–२ ले हराउँदा सुनिलले नै अतिरिक्त समयको अन्तिमतिर निर्णायक गोल गरेका थिए । यसै सिजन संकटामा आवद्ध भएका सुनिलको यो क्लबका लागि सिजनको पहिलो उपाधि पनि हो ।

अन्य व्यक्तिगत विधातर्फ म्यान अफ द म्याच फाइनल म्याच पनि संकटा कै मेसुके ओलुमु बने । त्यसवापत उनले नगद ८ हजार र ट्रफी हात पारे । सर्वाधिक गोलकर्ताको पुरस्कार पनि मेसुके कै नाममा रह्यो । त्यसवापत उनले २५ हजारसहित ट्रफी प्राप्त गरे ।

उत्कृष्ट गोलरक्षक पनि संकटा कै टिकेन्द्र थापा बने । उत्कृष्ट डिफेन्डर भने बीवाइएससीका हेक्टर ओर्टेगा चुनिए । उत्कृष्ट मिडफिल्डर संकटा कै आयुष घलान घोषित भए । उत्कृष्ट फरवार्ड पनि संकटा कै स्टेफन बिनङ्गले हात पार्दा उत्कृष्ट प्रशिक्षक संकटाका सल्यान खड्गी चुनिए । व्यक्तिगत विधातर्फ उत्कृष्ट बनेका सबैले जनही २५–२५ हजार र ट्रफी प्राप्त गरे ।

प्रतियोगिता कै फेयर प्ले टिम धरान फुटबल क्लब, सुनसरी बन्यो । सहारा क्लब, पोखराको आयोजनामा गत पौष १४ गतेदेखि शुरु प्रतियोगितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गरी कुल १० टोलीहरुले सहभागिता जनाएका थिए ।

Post Comments