News न्यू राईज कपको तयारी पूरा (खेलतालिकासहित)
सुरज राना मगर

तिलोत्तमा । न्यू राईज युथ क्लब, तिलोत्तमा–१३, वभनी, रुपन्देहीको आयोजनामा पौष २७ गते बुधबारदेखि शुरु हुन गईरहेको प्रथम न्यू राईज कप फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ ।

तिलोत्तमा–१३, वभनी स्थित भूपू सैनिक आधारभुत विद्यालयको खेलमैदानमा हुने प्रतियोगिताको खेलतालिका पनि सार्वजनिक गरिएको छ । उद्घाटन खेलमा लुम्बिनी तिलोत्तमा फिट एण्ड फाइन र त्रिशुली युवा क्लब भिड्ने छन् ।

प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५० हजार हात पार्नेछ भने उपविजेताले २५ हजार प्राप्त गर्नेछ । त्यस्तै सेमिफाइनलमा पराजित हुने टोली र व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने खेलाडीहरुलई पनि उचित नगद पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।

कुल १८ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल भने माघ ७ गतेका दिन हुनेछ ।

Post Comments