News देवेन्द्र मच्छिन्द्र मै रहने
गोलनेपाल

काठमाडौं । लिग च्याम्पियन मच्छिन्द्र फुटबल क्लबले आफ्ना भरपर्दा र अनुभवी डिफेन्डर देवेन्द्र तामाङसँगको सम्झौता नवीकरण गरेका छन् । देवेन्द्रसँग सम्झौता नवीकरण गरिएको बारे क्लबले आफ्नो आधिकारिक सामाजिक सञ्जालमार्फत घोषणा समेत गरेको छ ।

यो सम्झौतासँगै नयाँ सिजनका लागि देवेन्द्रले मच्छिन्द्र कै लागि खेल्ने पक्का भएको छ । स्मरण रहोस, गत सिजन मच्छिन्द्रले लिग उपाधि जित्दा देवेन्द्र पनि टोलीका अहम सदस्य थिए । मच्छिन्द्र यसपटक लगातार तेस्रोपटक उपाधि जित्दै लिग उपाधिमाथि ह्याट्रिक गर्ने दाउमा हुनेछ ।

क्लबले यसअघि बिमल घर्ती मगरसँग पनि सम्झौता नवीकरण गरिसकेको छ । त्यस्तै राष्ट्रिय फुटबल टोलीका दुई सदस्य प्रशान्त अवस्थी र पुजन उपरकोटीलाई पनि नयाँ सिजनका लागि अनुवन्ध गरिसकेको छ ।

शहिद स्मारक ए डिभिजन लिग आउँदो फागुन १९ गतेदेखि शुरु हुने कार्यक्रम छ । लिग यसपटक डबल राउण्ड रोबिनका आधारमा हुनेछ । साथै एन्फाले लिगका खेलहरु काठमाडौं बाहिर खेलाउने योजनामा रहेको पनि बताएको छ ।

Post Comments