News सुनसरी जिल्ला फुटबल रेफ्री संघको अध्यक्षमा बलिदान राई सर्वसम्मत
गोलनेपाल

इटहरी । सुनसरी जिल्ला फुटबल रेफ्री संघको अध्यक्षमा अनुभवी रेफ्री बलिदान पुमा राई सर्वसम्मत रुपमा निर्वाचित भएका छन् । बुधबार इटहरी स्थित टर्फ स्पोर्टस बारमा सम्पन्न संघको दोस्रो अधिवेशनबाट राईको अध्यक्षतामा १३ सदस्यीय सुनसरी जिल्ला फुटबल रेफ्री संघ सर्वसम्मत निर्वाचत भएका हुन् ।

संघको वरिष्ठ उपाध्यक्षमा शशि थापा मगर छन् भने उपाध्यक्षहरुमा स्माईल रैन र सुबिन कार्की रहेका छन् । त्यस्तै सचिवमा देवराज चौधरी छन् भने सह–सचिवमा यसराज राई छन् । कोषाध्यक्षमा जनकराज सुनुवार रहेका छन् भने सह–कोषाध्यक्षमा हस्त लक्ष्मी राई छन् ।

नेपाल फुटबल रेफ्री संघका केन्द्रीय उपाध्यक्ष मधु सुदन खनालको रोहवरमा सम्पन्न अधिवेशनबाट सदस्यहरुमा मनिष थापा, मो. फारुक अहमद, सुन्दर राई, सुनिता राई र मनिष अधिकारी सर्वसम्मत भएका छन् ।

त्यसअघि कार्यक्रमको उद्घाटन एक कार्यक्रमका बीच अखिल नेपाल फुटबल संघ (एन्फा) का मानार्थ वरिष्ठ उपाध्यक्ष तथा १ नम्बर प्रदेश फुटबल संघका अध्यक्ष किशोर राईले गरेका थिए । सो अवसरमा उनले रेफ्रीहरुको हकहितमा रहेर काम गर्न भन्दै रेफ्री संघको नयाँ कार्यसमितिलाई बधाई सहित सफल कार्यकालको शुभकामना पनि दिए ।

Post Comments