News डाँगीहाट सेमिफाइनलमा प्रवेश
गोलनेपाल

नक्सलबारी । डाँगीहाट युथ क्लब, लक्ष्मीमार्ग यहाँ जारी तेस्रो माघे संक्रान्ती कप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

डाँगीहाटका लागि खेलको ३०औं मिनटमा असिम राईले गरेको एक मात्र गोल निर्णायक बन्यो । निर्णायक गोलकर्ता राई नै खेलको म्यान अफ द म्याच चुनिए । उनलाई खेलका विशिष्ट अतिथी बेलबारी नगरपालिका वार्ड नम्बर ११ का अध्यक्ष बिक्रम बान्तवा राईले नगद २ हजार र ट्रफीसहित पुरस्कृत गरे ।

प्रतियोगिता अन्तरगत पौष २८ गते बिहीबारको चौथो तथा अन्तिम क्वाटरफाइनल खेल नक्सलबारी फुटबल क्लब, नक्सलबारी र लेटाङ्ग फुटबल क्लब, लेटाङ्ग बीच हुने आयोजकले जानकारी दियो ।

नेपाल मगर संघ, बेलबारी–१ नक्सलबारीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख १ हजार हात पार्नेछ भने उपविजेताले ५० हजार ५ सय प्राप्त गर्नेछ । फाइनल खेल आउँदो माघ १ गतेका दिन हुनेछ ।

Post Comments