News पाँचौं टुबोर्ग आङ्गबुरा कप पुरुष फुटबल पनि जारी, किरनज्योति र पञ्चकन्याको जित
गोलनेपाल

धर्मदेवी । यहाँ शुरु भएको पाँचौं टुबोर्ग आङ्गबुरा कप सेभेन ए साईड फुटबल प्रतियोगितामा किरनज्योति युवा क्लब र पञ्चकन्या युवा क्लबले आ–आफ्नो खेलमा जित हात पारेका छन् ।

धर्मदेवी नगरपालिका–७ स्थित स्थानीय खेलमैदानमा भएको खेलमा किरनज्योतिले आयोजक न्यु युवा क्लबलाई शून्यका विरुद्ध १ गोलले हरायो । खेलमा सुवास खड्का म्यान अफ द म्याच घोषित भए ।

त्यस्तै सोही दिन सम्पन्न अर्को खेलमा पञ्चकन्याले नाईन स्टार क्लबलाई समान १–० को अन्तरले हरायो । सो खेलमा सन्त लिम्बु म्यान अफ द म्याच घोषित भए ।

न्यु युवा क्लब, धर्मदेवी नगरपालिका–७, संखुवासभाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,१०,१०५ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५१,१०५ रुपैयाँ प्राप्त गर्नेछ । फाइनल खेल माघ १ गतेका दिन हुनेछ

Post Comments