News नक्सलबारी सेमिफाइनलमा
गोलनेपाल

बेलबारी । नक्सलबारी फुटबल क्लब यहाँ जारी तेस्रो माघे संक्रान्ती कप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

प्रतियोगिता अन्तरगत अन्तिम क्वाटरफाइनलमा नक्सलबारीले लेटाङ फुटबल क्लबलाई १–० ले हराउँदै अन्तिम चारमा प्रवेश गरेको हो । नक्सलबारीका लागि १६औं मिनटमा बिबेक राईले एक मात्र निर्णायक गोल गरे ।

खेलमा म्यान अफ द म्याच भने नक्सलबारीका गोलरक्षक चरी लिम्बु घोषित भए । उनले पुरस्कार वापत नगद २ हजार र ट्रफी हात पारे ।

प्रतियोगिता अन्तरगत पौष २९ गते शुक्रबारको पहिलो सेमिफाइनल खेल केराबारी फुटबल क्लब र डाँगीहाट युथ क्लबबीच हुने आयोजकले जानकारी दियो ।

नेपाल मगर संघ, बेलबारी–१, नक्सलबारीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख १ हजार हात पार्नेछ भने उपविजेताले ५० हजार ५ सय प्राप्त गर्नेछ । फाइनल खेल माघ १ गतेका दिन हुनेछ ।

Post Comments