News वार्ड नम्बर १० इलाम नगर कपको क्वाटरफाइनलमा
गोलनेपाल

इलाम । साँघुरो जितका साथ वार्ड नम्बर १० जारी इलाम नगर कप वार्डस्तरीय नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

प्रतियोगिताको अन्तिम प्रिक्वाटरफाइनलमा वार्ड नम्बर १० ले वार्ड नम्बर १ लाई शून्यका विरुद्ध १ गोलले हराउँदै क्वाटरफाइनलमा स्थान बनाएको हो । वार्ड नम्बर १० का लागि जेम्स राईले एक मात्र निर्णायक गोल गरे । निर्णायक गोलकर्ता राई खेलको म्यान अफ द म्याच समेत चुनिए ।

प्रतियोगिता अन्तरगत पौष २९ गते शुक्रबारको पहिलो क्वाटरफाइनल खेल वार्ड नम्बर १२ र वार्ड नम्बर ९ बीच हुनेछ ।

नगर खेलकुद विकास समिति इलामको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित १ लाख ५० हजार हात पार्नेछ भने उपविजेताले ७५ हजार प्राप्त गर्नेछ । त्यस्तै सेमिफाइनलमा पराजित हुने दुई टोलीले नगद २५–२५ हजार प्राप्त गर्नेछ ।

इलाम नगरका कुल १२ वार्डका टिमहरु सहभागि प्रतियोगिताको फाइनल खेल भने आउँदो माघ ७ गतेका दिन हुनेछ ।

Post Comments