News गार्डेनलाई आँटीघर कपको उपाधि
उमेश पुन

आँटीघर । प्रथम आँटीघर भेट्रान्स कप सेभेन ए साईड फुटबल प्रतियोगिताको उपाधि गार्डेन फुटबल क्लबले जितेको छ । पोखरा–२० स्थित स्थानीय खेलमैदानमा भएको फाइनलमा गार्डेनले संगम क्लबलाई हराउँदै विजेता बनेको हो ।

श्री सीता युवा क्लब, पोखरा–२०, आँटीघरको आयोजनामा सम्पन्न प्रतियोगिताको विजेता गार्डेनले उपाधिसहित नगद ५० हजार हात पार्यो भने उपविजेता संगमले ३० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाये । व्यक्तिगत विधातर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि पुरस्कृत गरिएको आयोजकले जानकारी दियो ।

समापन कार्यक्रम कै अवसरमा क्लबले प्रतियोगिता सफलताका साथ सम्पन्न गर्न सबै शुभेच्छुक, संघसंस्था, व्यक्तित्वहरुलाई सम्मानसहित धन्यवाद र आभार समेत प्रकट गर्यो ।

Post Comments