News उत्कृष्ट जितका साथ विश्व शान्तिलाई रुद्रपुर कपको उपाधि
सुरज राना मगर

रुद्रपुर । उत्कृष्ट जित हात पार्दै यहाँ सम्पन्न दोस्रो रुद्रपुर कप खुला नकआउट फुटबल प्रतियोगिताको उपाधि विश्व शान्ति युवा क्लब, सालझण्डीले जित्न सफल भएको छ ।

फाइनलमा देवदह युवा क्लबलाई शून्यका विरुद्ध ३ गोलले हराउँदै विश्व शान्ति च्याम्पियन बनेको हो । विश्व शान्तिको जितमा अरुण चौधरीले दुई गोल गरे भने थप एक गोल बिमल रानाले गरेका थिए ।

प्रतियोगिताको डिफेन्डिङ च्याम्पियन समेत रहेको विश्व शान्तिले उपाधिसहित नगद १,०१,१११ रुपैयाँ हात पार्यो भने उपविजेता देवदह युवा क्लबले ५०,१११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाउन बाध्य बन्यो ।

रुद्रपुर युवा क्लब, रुद्रपुर, रुपन्देहीको आयोजनामा भएको प्रतियोगितामा सहयोग गर्ने विभिन्न व्यक्तित्व तथा संघसंस्थाहरुलाई पनि आयोजकले धन्यवाद र आभारसहित सम्मान गरेको थियो ।

 

Post Comments