News रोमाञ्चक जितका साथ समपुर्ण फाइनलमा
सुरज राना मगर

बभनी । रोमाञ्चक जित हात पार्दै समपुर्ण युवा क्लब, सुपौली यहाँ जारी स्व. देवी भण्डारी, स्व. लाल प्रसाद पुन र स्व.समनलाल चौधरी स्मृति तेस्रो न्यु राईज कप नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

तिलोत्तमा–१३, बभनी स्थित भू.पू. सैनिक आधारभुत विद्यालयको खेलमैदानमा बिहीबार भएको दोस्रो सेमिफाइनलमा समपुर्णले आयोजक न्यु राईज युथ क्लबलाई २–१ ले हराउँदै फाइनलमा स्थान पक्का गरेको हो ।

समपुर्णको जितमा किरन पुन र सबी गुरुङले गोल गरे । उता पराजित न्यु राईजका लागि हिमाल थापाले एक मात्र गोल फर्काएका थिए । खेलमा न्यु राईजका हिमाल थापा म्यान अफ द म्याच घोषित भए ।

समपूर्णले अब फाइनलमा माघ ७ गते शनिबारका दिन नवयुवा खेलकुद तथा साँस्कृतिक परिवार, ठुटिपिपलको सामना गर्ने खेल संयोजक सुमित मल्लाहले जानकारी दिए ।

न्यु राईज युथ क्लब, तिलोत्तमा–१३, बभनी, रुपन्देहीको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५० हजार हात पार्नेछ भने उपविजेताले २५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

Post Comments