News आहा ! रारा गोल्ड कप फागुन २२ गते देखी
गोलनेपाल

राष्ट्रिय तथा अन्तराष्ट्रिय क्लब स्तरिय आमन्त्रित आहा ! रारा गोल्ड कप फुटबल प्रतियोगिताको १८ औं संस्करण २०७६ साल फागुन २२ गते देखी चैत्र १ गते  सम्म हुने भएको छ। ।

​“आत्मा साँक्षी राखि मन, वचन र कर्मले समाजिक सेवा गरौं” भन्ने उद्येश्यका साथ वि. स. २०५५ सालमा पोखराको पुरानो बसपार्कमा स्थापति सहारा क्लब पोखराले आयोजन गर्ने प्रतियोगिता पोखराको पर्यावाचीको रुपमा लिने गरिन्छ । यस प्रतियोगितालाई पहिलो संस्करण देखी नै मुख्य प्रायोजकको रुपमा बहुचर्चित मोफसलको व्यापारिक प्रतिष्ठान हिमश्री फुड्स प्रा. लि. को उत्पादन आहा तथा रारा तयारी चाउचाउले गरेको छ ।

साथै दोश्रो पुरस्कार प्रायोजक हिमा–अस एजुकेशन कनसेल्टेन्सी, वेष्ट अफ फाईभ प्रायोजक पृथ्वी राजमार्ग बस संञ्चालक कम्पनी प्रा.लि. सर्वोत्कृष्ट खेलाडी पुरस्कार अप्रिला स्कुटर, अफिसियल स्र्पोट वयर पार्टनर एक्स टेप, अफिसियल बैंक लुम्बिनी विकास बैंक, फेयर प्ले पुरस्कार प्रायोजक रोयल इन्फिल्ड बुलेट बाईक, सर्वाधिक गोलकर्ता पुरस्कार सनराईज ड्राईभिङ्ग स्कुल प्रा. लि., अफिसियल ड्रिङ्ग वाटर ईको पानी, अफिसियल एयरलाईन्स बुद्ध एयर, अफिसियल हस्पिटल गण्डकी मेडिकल कलेज (जिएमसी), अफिसियल होटल पार्टनर होटल वेयन भेनु, साथै प्रदेश सांसद राजिव गुरङ्गबाट ५० हजार रुपैयाँ, समाजसेवी गणेश शर्माबाट ५० हजार १ सय ५१ रुपैयाँ नगद सहयोग प्राप्त भएको छ भने, मुग्लान रेष्टुरेण्ट एवं बार, वल्ड लिङ्ग, सिताज्, बाबा फाउण्डेशन, ‘स्वच्छ हराभरा पा्ेखरा अभियान’ सहयोगी संस्था साथ साथै राष्ट्रिय खेलकुद परिषद÷अखिल नेपाल फुटबल संघ÷पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति÷जिल्ला खेलकुद विकास समिति कास्की÷कास्की जिल्ला फुटबल संघ÷ सहारा यु.के.÷सहारा क्लब हङ्गकङ्ग÷सहारा क्लब अष्ट्रेलिया समेतको बिशेष सहयोग रहनेछ। 

यस प्रतियोगिताको आकर्षकको रुपमा रहेको निर्णायक ट्रफी (रेफ्री), वेष्ट अफ फाईभ ट्रफी, मेन अफ दि म्याच ट्रफी, सर्वोत्कृष्ट खेलाडी ट्रफी, फेयर प्ले ट्रफी एवं खेलाडी मेडल लगाएत म्यान अफ दि म्याच नगद पुरस्कार प्रत्येक दिन ५ हजार दरमा सहयोग रकम सहारा यू. के. ले उपलब्ध गराएकोछ ।

यस प्रतियोगिताको अनुमानित आम्दानी १ करोड १८ लाख १ हजार रुपैयाँ र अनुमानित खर्च ९९ लाख ३८ हजार ५ सय रुपैयाँ प्रक्षेपण गरिएकोछ । क्याराभान गोल्ड कप सहित १९ वर्ष देखी निरन्तर सञ्चालन भएको यस प्रतियोगितामा वचत हुन आएको रकम क्लबबाट संचालित सहारा फुटबल एकेडेमीमा खर्च गरिने छ । हाल तेश्रो व्याचको एकेडेमीमा १५ जिल्लाका २४ जना बालकहरु आश्रित छन् । विगत २०७० साल देखि उनीहरु आवसिय रुपमा निःशुल्क स्वास्थ्य, शिक्षा दिक्षा लगायत फुटबल प्रशिक्षण समेत सहारा फुटबल एकेडेमी गण्डकी प्रदेश, पोखरा—१७, दोविल्लामा प्रदान गर्दै आईरहेको छ । उक्त एकेडेमीको संञ्चालनको मुख्य श्रोत नै यस प्रतियोगिता रहेको हुँदा सम्र्पुण खेलप्रेमीहरुबाट विगतका बर्षहरुमा जस्तै सहयोगको अपेक्षा गरेको छ। 

यस प्रतियोगितामा विदेशीक्लबहरु, ए डिभिजनका क्लबहरु, मोफसलका टिमहरु र आयोजक सहारा क्लब पोखरा गरि १० टिम सहभागी हुनेछ ।

Post Comments