News सेन्ट्रल कलेज रामपुर एफसी माडी गोल्डकपको फाइनलमा
गोलनेपाल

माडी । दुई अफ्रिकी खेलाडीले गोल गरेपछि सेन्ट्रल कलेज रामपुर फुटबल क्लब, यहाँ जारी २४औं माडी गोल्डकप खुला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

बिहीबार भएको दोस्रो सेमिफाइनलमा रामपुरले चित्लाङ्ग एफसी, काठमाडौंलाई २–० ले हराउँदै फाइनलमा प्रवेश गरेको हो । बसन्तपुर बजार स्थित खुला मैदानमा भएको खेलमा रामपुरका लागि ४२औं मिनटमा फोडे फोफनाले पहिलो गोल गरेका थिए भने खेलको अन्तिमतिर योमीले दोस्रो गोल थप्दै रामपुरको जित पक्का गरेका थिए ।

खेलमा रामपुरका फोडे फोफना म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद ५ हजार र ट्रफी हात पारे । रामपुरले अब फाइनलमा माघ १४ गतेका दिन केबिए ग्लोबल भरतपुर फुटबल क्लबसँग उपाधिका लागि भिड्नेछ ।

बसन्तपुर युनाइटेड क्लब, माडी, चितवनको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ३ लाख हात पार्नेछ भने उपविजेताले १ लाख ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

Post Comments