News फिफा विश्वकप टिकट वितरणबारे एन्फा सदस्य अधिकारीले मागे जवाफ (पत्रसहित)
गोलनेपाल

काठमाडौं । केही महिना अघि कतारमा सम्पन्न फिफा विश्वकपको टिकट वितरणमा एन्फाबाटै अनियमितता भएकोबारे विभिन्न सञ्चारमाध्यमहरुले खबर प्रकाशित गरेपछि अहिले त्यसले चर्चा पाईरहेको छ । यद्यपि एन्फाले विश्वकप टिकट वितरणमा कुनै अनियमितता नभएको स्पष्ट पारे तापनि अहिले आएर एन्फा भित्रै त्यसले अर्को विवाद उठ्ने हो कि भन्ने प्रश्नहरु पनि उब्जिन थालेका छन् ।

एन्फा कार्यसमिति सदस्य रहेका रुपेश अधिकारीले एन्फा अध्यक्षलाई पत्राचार गर्दै फिफा विश्वकपको टिकटबारे बाहिर आएका विभिन्न हल्लाहरुबारे सत्यतथ्य बाहिर ल्याउन माग गरेका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा) सार्वजनिक निकाय र संघप्रति सबैको सरोकार रहने भएकाले संघको काम कारवाहीप्रति सम्बन्धित सबै जिम्मेवार र जवाफदेही हुनुपर्ने अधिकारले पत्रमा लेखेका छन् ।

अधिकारीले आफू पनि एन्फा मै आवद्ध भएकाले टिकट वितरणबारे आफूलाई सत्यतथ्य कुराहरु अविलम्ब जानकारी गराउन माग गरेका छन् । उनले पत्रमा बुँदागत रुपमा आफ्ना कुराहरु उठान गरेका छन् । जसमा उनले फिफाबाट कति थान टिकट कुन–कुन खेलका लागि उपलब्ध गराइएको हो ? त्यो टिकट कसलाई कुन आधारमा वितरण गरिएको हो ? एन्फाको कार्तिक २९ मा बसेको बैठकको निर्णयअनुसार तोकिएको कोटा अनुसार वितरण भएको हो कि होइन लगायतका प्रश्नहरु उठान गरेका छन् ।

अधिकारीले आफू हाल काम विशेषले देश बाहिर रहेकाले पत्रमा आफूले उठान गरेका कुराहरु इमेलमार्फत जवाफ दिन एन्फासँग आग्रह समेत गरेका छन् । साथै उनले यस विषयमा उचित सुनुवाई नभए यो कुरा फिफा र एएफसीमा पनि आफूले उठान गर्ने स्पष्ट पारेका छन् ।

हेर्नुहोस पत्रः

Post Comments