News प्रथम किर्तिपुर प्याब्सन कप शुरु
बिक्रम बानियाँ क्षेत्री
काठमाडौं । ल्याबरोटरी स्कुल किर्तिपुरकोे आयोजनामा आजबाट काठमाण्डौको किर्तिपुरमा प्रथम अन्तर किर्तिपुर प्याबसन फुटबल प्रतियोगिता सुरु भएको छ ।
 
प्रतियोगितामा पहिलो दिन आज तिन खेल सम्पन्न भएका छन जसमा उदघाटन खेलमा एनआरटी ल्याब एकेडेमी ए ले बाधभैरब सेकेन्डरी स्कुललाई १०–० भारी गोल अन्तरले पराजित गरेको छ । जसमा एनआरटी ल्याबका बिज्ञान खडकाले ५ गोल गरेका छन ।
 
त्यसैगरी दोस्रो खेलमा एनआरटी ल्याब बि लाई ग्रिन भिलेज स्कुलले १–० ले पराजित गरेको हो । आजै भएको तेस्रो खेलमा पन्चरत्न स्कुल र साउथ भ्याली स्कुलले १–१ को बराबरी गरी अंक बाडेका छन । नया खेलाडी उत्पादन गर्ने उद्घेश्यले स्कुलको प्रतियोगिता आयोजना गरिएको प्रतियोगिता संयोजक महेन्द्र चिलुवालले जानकारी दिए ।
 
प्रतियोगितामा दोस्रो दिन सोमबार चार खेल हुनेछन । प्रतियोगिताको प्रथम र द्घितिय हुने टिमले शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन भने बिघागत उत्कृष्ट र सर्बाधिक गोलकर्ता खेलाडीहरुलाई ट्रफिको ब्यवस्था गरिएको संयोजक चिलुवालले बताए ।
 
लिगकम नकआउटको आधारमा खेलाईने प्रतियोगितामा १० स्कुलको ११ टिमको सहभागीता रहेको छ ।
 
 
 
 
Post Comments