News
उपाधिका लागि आयोजक हाङथुम र पुलिस क्लब, मोरङ भिड्ने
मुलखर्क । यहाँ जारी ४४औं हाङथुम कप खुला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा आयोजक हाङथुम क्लब र नेपाल पुलिस क्लब, मोरङ भिड्ने भएका छन् ।
मादी नगरपालिका–३, मुलखर्क स्थित स्थानीय खेलमैदानमा भएको पहिलो सेमिफाइनलतर्फ आयोजक हाङथुमले इटहरी फुटबल क्लबलाई पेनाल्टी शुटआउटमा ३–१ ले हराउँदै उपाधि नजिक पुगेको हो ।
त्यस्तै सोही मैदानमा भएको दोस्रो सेमिफाइनलमा नेपाल पुलिस क्लब, मोरङले एडभान्स क्लब, मानेभञ्ज्याङलाई ५–० को फराकिलो अन्तरले हराउँदै फाइनलमा आयोजक टोलीसँगको भेट पक्का गर्यो । फाइनल खेल माघ १६ गते सोमबारका दिन हुने समेत आयोजकले जानकारी दियो ।
हाङथुम क्लब, मादी नगरपालिका–३, मुलखर्क, संखुवासभाको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख ५० हजार हात पार्नेछ भने उपविजेताले ९० हजार प्राप्त गर्नेछ ।
Post Comments
Related News
- मझिया स्मृति कप महिला फुटबल : पदमा स्पोर्ट्सको ७–० को शानदार जित, सिम्रनको चार गोल
- संखुवासभाको मादीमा प्रथम मझिया स्मृति महिला कप सुरु, धरानको विजयी सुरुवात
- सेकाहालाई तेस्रो तीनपोखरी कपको उपाधी
- सेकाहा तेस्रो तीनपोखरी कपको फाइनलमा, उपाधिका लागि मकालु फ्रेन्डससँग भिड्ने
- मकालु फ्रेन्डस तेस्रो तीनपोखरी कपको फाइनलमा