News ल्याबोरेटरी, ग्रीन भिलेज र न्यु होराईजनको जित
गोलनेपाल

किर्तिपुर । ल्याबोरेटरी, ग्रीन भिलेज र न्यु होराईजन स्कुलले यहाँ जारी प्याब्सन कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगितातर्फ आ–आफ्नो खेलहरुमा जित हात पारेका छन् ।

आयोजक ल्याबोरेटरी माविको खेलमैदानमा भएको खेलतर्फ ल्याबोरेटरीले मेगास इङ्गलिस स्कुललाई १०–० को फराकिलो अन्तरले हरायो भने ग्रीन भिलेजले पुष्प सुदनलाई २–१ ले निराश तुल्यायो ।

दिनको तेस्रो खेलमा न्यु होराईजनले पञ्चरत्न स्कुलमाथि ४–० को जित निकाल्यो । प्रतियोगिता अन्तरगत माघ १८ गते बुधबार सेमिफाइनल खेलहरु हुने प्रतियोगिता संयोजक महेन्द्र चिलुवालले जानकारी दिए ।

Post Comments