News गाईघाट एफसी अन्तिम चारमा
गोलनेपाल

त्रियुगा । गाईघाट फुटबल क्लब यहाँ जारी प्रथम वार्ड अध्यक्ष गोल्डकप सेभेन ए साईड खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

मंगलबार भएको अन्तिम क्वाटरफाइनलमा गाईघाटले एपिएफ, पूर्वाञ्चललाई २–१ ले हराउँदै अन्तिम चारमा स्थान पक्का गरेको हो । गाईघाटको जितमा युवराज थापा र पबिन राईले गोल गरे । उता पराजित एपिएफ पूर्वाञ्चलका लागि भरत नेपालीले एक मात्र गोल गरेका थिए ।

खेलमा गाईघाट एफसीका युवराज थापा म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद १५ सय र ट्रफी हात पारे । प्रतियोगिता अन्तरगत माघ १८ गते बुधबारको पहिलो सेमिफाइनल खेल फ्युजन एफसी र गोलबजार स्पोर्टस क्लबबीच हुने आयोजकले जानकारी दियो ।

युवा तथा खेलकुद बिकास समिति, त्रियुगा नगरपालिका–१०, बोक्सेको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १ लाख हात पार्नेछ भने उपविजेताले ५० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । कुल ८ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल यही माघ २१ गतेका दिन हुनेछ ।

 

Post Comments