News फर्साटिकरसँग शान्ति दिप पराजित
सुरज राना मगर

बागधुरा । साँघुरो जितका साथ फर्साटिकर युवा क्लब यहाँ जारी पाँचौं सञ्जिवनी कप खुला नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

तिलोत्तमा–१४, बागधुरा स्थित सञ्जिवनी खेलमैदानमा भएको प्रिक्वाटरफाइनलतर्फ फर्साटिकरले शान्ति दिप युवा क्लबलाई शून्यका विरुद्ध १ गोलले हराउँदै क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

खेलमा पराजित शान्ति दिपका गोलरक्षक गुमान मगर म्यान अफ द म्याच घोषित भए । उनलाई रुपन्देही जिल्ला फुटबल संघका उपाध्यक्ष मुकेश कुँवरले पुरस्कृत गरे ।

प्रतियोगिता अन्तरगत माघ २१ गते शनिबारको प्रिक्वाटरफाइनल खेल समपुर्ण युवा क्लब, सुपौलीर डिएमसी, तुल्सीपुर बीच हुने प्रतियोगिता संयोजक खिम थापाले जानकारी दिए ।

सञ्जिवनी युवा क्लब, तिलोत्तमा–१४, बागधुरा, देवीनगरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,११,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५५,५५५ रुपैयाँ प्राप्त गर्ने आर्थिक संयोजक इन्द्र छन्त्यालले बताए । कुल १६ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल फागुन २ गतेका दिन हुनेछ ।

Post Comments