News अभिषेकको गोलले पनि जोगिएन जेजेको हार
गोलनेपाल

काठमाडौं । माल्दिभ्सको दोसे डिभिजन लिग खेलिरहेका नेपाली फरवार्ड अभिषेक रिजालले आफ्नो नयाँ क्लबका लागि गोल गरे तापनि उनको टोली जेजे स्पोर्टस क्लबले हार बेहोरेको छ ।

अभिषेकको टोली जेजेले मालेमा मंगलबार भएको खेलमा युनाइटेड स्पोर्टससँग १–२ को हार बेहोर्यो । गत महिना मच्छिन्द्र क्लबबाट लोनमा जेजे पुगेका अभिषेकले टोलीका लागि ६२औं मिनटमा एक मात्र सान्त्वना गोल फर्काएका थिए ।

यो नतिजापछि जेजे स्पोर्टसले अब बाँकी खेलमा बराबरी गरे तापनि लिगको सेमिफाइनलमा प्रवेश गर्न सफल हुनेछ । खेलको गोल हाइलाइट भिडियो पनि हेर्नुहोस् ।

Post Comments