News देवीनगरलाई स्व.गोम बहादुर थापा स्मृति कपको उपाधि
सुरज राना मगर

सुनवल । प्रथम स्व. गोम बहादुर थापा स्मृति कप खुला नकउआउट फुटबल प्रतियोगिताको उपाधि देवीनगर युवा क्लब, बुटवलले जितेको छ । फाइनलमा देवीनगरले जनशक्ति युवा क्लब, बडेरा, सुनवललाई हराउँदै उपाधि जित्न सफल भएको हो ।

उपाधि जित्ने क्रममा सुनवल–६ स्थित वाल्मिकी प्राविको खेलमैदानमा भएको फाइनल भिडन्तमा देवीनगरले जनशक्तिमाथि पेनाल्टी शुटआउटमा ५–४ को जित निकाल्यो । यसअघि निर्धारित समयको प्रतिस्पर्धात्मक खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए ।

तिलकाना युवा क्लब, सुनवल–६ तिलकाना, नवलपरासीको आयोजनामा भएको प्रतियोगिताको विजेता देवीनगरले उपाधिसहित नगद ३५ हजार हात पार्यो भने पराजित जनशक्तिले २० हजारमा चित्त बुझायो ।

व्यक्तिगत विधातर्फ विजेता टोली देवीनगरका शंकर राई सर्वोत्कृष्ट खेलाडी चुनिए । उनले पुरस्कार वापत नगद १५००, ह्याङ्गर र ट्रफी हात पारे । त्यस्तै सर्वाधिक गोलकर्ता पराजित जनशक्तिका एसियन राना चुनिए भने उत्कृष्ट गोलरक्षक पनि जनशक्ति कै अनिल चौधरी बने । यी दुवै विधातर्फका विजेताले पनि ट्रफी र नगद १५–१५ प्राप्त गरे ।

Post Comments