News लिस्नु क्वाटरफाइनलमा
सुरज राना मगर

ठुटिपिपल । संघर्षपुर्ण जितका साथ लिस्नु युवा क्लब, कोटिहवा यहाँ जारी दशौं नवयुवा कप खुला नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

ओमसतिया–२ स्थित कर्मडाँडा खेलमैदानमा भएको प्रिक्वाटरफाइनलतर्फ लिस्नुले सनराईज एफसी, भूमही, नवलपरासीलाई टाईब्रेकरमा ५–४ ले हराउँदै क्वाटरफाइनलमा प्रवेश गर्न सफल भएको हो ।

त्यसअघि निर्धारित समयको प्रतिस्पर्धात्मक खेल दुवै टोलीले २–२ गोलको बराबरी खेलेका थिए । यद्यपि टार्यब्रेकरमा भने लिस्नुले नतिजा आफ्नो पक्षमा पार्न सफल भयो । खेलमा लिस्नुका गोलरक्षक सागर रोका म्यान अफ द म्याच घोषित भए ।

प्रतियोगिता अन्तरगत माघ २५ गते बिहीबारको खेल झरना स्पोर्टस क्लब, कुञ्जलापुर र देवदह ब्वाईज, खैरेनीबीच हुने प्रचार प्रसार संयोजक विष्णु बरालले जानकारी दिए ।

नवयुवा खेलकुद तथा साँस्कृतिक परिवार, ठुटिपिपलको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाख प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष चन्द्र गुरुङ्गले जानकारी दिए । कुल १६ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल फागुन ९ गतेका दिन हुनेछ ।

Post Comments