News
सातौं नेपाल एपिएफ स्कुल कप हुने

किर्तिपुर । नेपाल एपिएफ स्कुल, किर्तिपुर, काठमाडौंको आयोजनामा सातौं एपिएफ स्कुल कप अन्तरविद्यालय फmुटबल प्रतियोगिता हुने भएको छ ।
आयोजक स्कुल कै खेलमैदानमा हुने प्रतियोगिताको आवश्यक तयारी पनि शुरु गरिएको आयोजकले जानकारी दियो । प्रतियोगितामा कुल २० स्कुलका टोलीहरुको सहभागिता रहनेछ ।
विद्यालयस्तर मै युवा खेलाडीहरुको प्रतिभा प्रस्फुटन गर्न तथा फुटबलमा राम्रा खेलाडीहरुलाई पहिचान र उत्पादन गर्ने उद्देश्यका साथ प्रतियोगिता आयोजनालाई निरन्तरता दिईएको आयोजकले बतायो ।
प्रतियोगितामा विजेता, उपविजेता टोलीहरुलाई उचित पुरस्कारको व्यवस्था गरिएको छ । त्यस्तै व्यक्तिगत विधातर्फ पनि पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।
Post Comments