News सहज जितका साथ देवदह क्वाटरफाइनलमा
सुरज राना मगर

ठुटिपिपल । देवदह ब्वाईज, खैरेनी जारी दशौं नवयुवा कप खुला नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । ओमसतिया–२ स्थित कर्मडाँडा खेलमैदानमा बुधबार भएको प्रिक्वाटरफाइनलतर्फ देवदहले झरना स्पोर्टस क्लब, कुञ्जलापुरलाई शून्यका विरुद्ध ४ गोलले हराउँदै क्वाटरफाइनल प्रवेश गर्न सफल भएको हो ।

खेलमा देवदह ब्वाईजका बिजय गुरुङ्ग म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद १५ सय र ट्रफी हात पारे । प्रतियोगिता अन्तरगत माघ २६ गते बिहीबारको खेल माउण्ट स्टार युवा क्लब, बुटवल र आयोजक नवयुवा खेलकुद तथा साँस्कृतिक परिवार, ठुटिपिपलबीच हुने प्रचार प्रसार संयोजक बिष्णु बरालले जानकारी दिए ।

नवयुवा खेलकुद तथा साँस्कृतिक परिवार, ठुटिपिपलको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाख प्राप्त गर्नेछ । कुल १६ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल भने आउँदो फागुन ९ गतेका दिन हुनेछ ।

Post Comments