ठुटिपिपल । देवदह ब्वाईज, खैरेनी जारी दशौं नवयुवा कप खुला नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । ओमसतिया–२ स्थित कर्मडाँडा खेलमैदानमा बुधबार भएको प्रिक्वाटरफाइनलतर्फ देवदहले झरना स्पोर्टस क्लब, कुञ्जलापुरलाई शून्यका विरुद्ध ४ गोलले हराउँदै क्वाटरफाइनल प्रवेश गर्न सफल भएको हो ।
खेलमा देवदह ब्वाईजका बिजय गुरुङ्ग म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद १५ सय र ट्रफी हात पारे । प्रतियोगिता अन्तरगत माघ २६ गते बिहीबारको खेल माउण्ट स्टार युवा क्लब, बुटवल र आयोजक नवयुवा खेलकुद तथा साँस्कृतिक परिवार, ठुटिपिपलबीच हुने प्रचार प्रसार संयोजक बिष्णु बरालले जानकारी दिए ।
नवयुवा खेलकुद तथा साँस्कृतिक परिवार, ठुटिपिपलको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाख प्राप्त गर्नेछ । कुल १६ टोलीहरुको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल भने आउँदो फागुन ९ गतेका दिन हुनेछ ।

- रुपन्देहीमा एसियन पेन्टस च्याम्पियन्स कप छात्रा फुटबल प्रतियोगिता शुरु
- २४औं लिस्नु कपको तयारी पूरा (खेलतालिकासहित)
- रुपन्देहीको कञ्चन गाउँपालिकामा तेस्रो गौतम बुद्ध कप शुरु
- वी ब्वाईज कपः उपाधिका लागि लखन ब्रदर्श र वी ब्वाईज भिड्ने
- युरी एफसी सेमिफाइनलमा, अन्तिम क्वाटरफाइनल र दुई सेमिफाइनल मंगलबार हुने