News उत्कृष्ट जितका साथ जनज्योति सेमिफाइनलमा
सुरज राना मगर

बागधुरा । जनज्योति क्लब, डिङ्गरनगर यहाँ जारी पाँचौं सञ्जिवनी कप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार भएको दोस्रो क्वाटरफाइनलमा जनज्योतिले फोर ब्रदर्श एफसी, नवलपरासीलाई ५–१ को फराकिलो अन्तरले हराउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो ।

तिलोत्तमा–१४, बागधुरा, देवीनगर स्थित सञ्जिवनी खेलमैदानमा भएको खेलमा जनज्योतिका लागि आशिष रानाले ह्याट्रिक गरे । त्यस्तै प्रिन्स गुरुङ्ग र मिशन दर्लामीले थप एक–एक गोल गरे । उता पराजित फोर ब्रदर्शका लागि मिलन आलेले एक मात्र गोल गरेका थिए ।

खेलमा ह्याट्रिक गरेका जनज्योतिका आशिष राना म्यान अफ द म्याच समेत चुनिए । प्रतियोगिता अन्तरगत माघ २६ गते बिहीबारको तेस्रो क्वाटरफाइनल खेल हिमाल युथ क्लब र सिर्जना युवा क्लबबीच हुने खेल संयोजक खिम थापाले जानकारी दिए ।

सञ्जिवनी युवा क्लब, तिलोत्तमा–१४, बागधुरा, देवीनगरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १,११,१११ रुपैयाँ हात पार्नेछ भने उपविजेताले ५५,५५५ रुपैयाँ प्राप्त गर्ने आर्थिक संयोजक इन्द्र छन्त्यालले बताए । त्यस्तै व्यक्तिगत विधातर्फ पनि आकर्षक पुरस्कारको वयवस्था गरिएको उनले जानकारी दिए ।

 

Post Comments