News
धनकुटालाई अन्तरपालिका महिला फुटबल प्रतियोगिताको उपाधि

धनकुटा । शहिद रामकृष्ण श्रेष्ठ अन्तर पालिका महिला फुटबल प्रतियोगिताको उपाधि धनकुटा नगरपालिकाले जितेको छ । फाइनलमा चौबिसे गाउँपालिकालाई शून्यका विरुद्ध २ गोलले हराउँदै धनकुटा च्याम्पियन बनेको हो ।
विजेता बनेको धनकुटाले उपाधिसहित ६० हजार हात पार्यो भने उपविजेता चौबिसेले ३० हजारसहित ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझाउन बाध्य बन्यो । विधागतर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि पुरस्कृत गरिएको आयोजकले जानकारी दियो ।
शहिद रामकृष्ण श्रेष्ठ स्मृति प्रतिष्ठान, धनकुटाको आयोजनामा भएको प्रतियोगिताको विजयी खेलाडीहरुलाई धनकुटा नगरपालिकाका नगर प्रमुख चन्तन तामाङ लगायतका अतिथीहरुले पुरस्कृत गरेका थिए ।
Post Comments