News टर्की र सिरिया भूकम्पपिडितका लागि मेसीको सहयोग
गोलनेपाल

काठमाडौं । फुटबलसँगै सामाजिक कार्यमा निरन्तर सक्रिय रहँदै आएका अर्जेन्टिनी सुपरस्टार लियोनल मेसीले टर्की र सिरियाको भूकम्पपिडितहरुलाई सहयोग गरेका छन् ।

विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार मेसीले केही दिनअघि टर्की र सिरियामा गएको शक्तिशाली भूकम्प लगतै ३५ लाख युरो बराबरको अति आवश्यक सामग्रीहरु सहयोग गरेका हुन् ।

स्वास्थ्य तथा बालबालिकाको क्षेत्रमा युनिसेफसँग सहकार्य गरेर सामाजिक कार्यमा सक्रिय रहेको लियो मेसी फाउण्डेशन मार्फत ३५ वर्षिय अर्जेन्टिी स्टारले भूकम्पपिडितहरुलाई सहयोग गरेका हुन् ।

स्मरण रहोस, यो फाउण्डेशनले यसअघि नेपालको शिक्षा क्षेत्रमा पनि सहयोग गरेको थियो । साथै यो फाउण्डेशन मेसी कै दाजु म्याटियाज मेसीले व्यवस्थापन गर्दै आएका छन् ।

केही दिन अघि टर्की र सिरियामा आएको ७.८ म्याग्निच्युटको शक्तिशाली भुकम्प र पराकम्पमा परी हालसम्म १५ हजार भन्दा बढीले ज्यान गुमाईसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

Post Comments