News नेपाल यु–२० महिला टोलीलाई स्वागत
गोलनेपाल

काठमाडौं । बंगलादेशमा सम्पन्न साफ यु–२० महिला च्याम्पियनसिपमा उपविजेता बनेर फर्किएको नेपाली राष्ट्रिय यु–२० महिला फुटबल टोलीलाई स्वागत गरिएको छ । टोलीलाई एन्फाका पदाधिकारी लगायत अन्य अतिथीहरुले त्रिभुवन विमानस्थलमा स्वागत गरेका थिए ।

स्मरण रहोस, बंगलादेशको राजधानी ढाकामा बिहीबार सम्पन्न प्रतियोगिताको फाइनलमा नेपालले आयोजक बंगलादेशससँग ३–० को हार बेहोर्दै उपविजेतामा सिमित बन्न पुगेको थियो ।

यद्यपि प्रतियोगिताभरि नेपालको प्रदर्शन प्रशंसनीय नै रह्यो । पहिलो खेलमा बंगलादेशससँग ३–१ ले पराजित नेपालले त्यसपछि लगातार दुई खेलमा भुटान र बलियो भारतलाई हराएर फाइनल तय गरेको थियो ।

प्रतियोगितामा नेपाल, बंगलादेश, भारत र भुटान गरी दक्षिण एसियाका चार देशहरुले मात्र सहभागिता जनाएका थिए ।

Post Comments