News कञ्चन कप फागुन पहिलो सातादेखि
सुरज राना मगर

डियोबजार । हिमालय सामुदायिक विकास केन्द्र, कञ्चन–४, डियोबजार रुपन्देहीको आयोजनामा कञ्चन कप खुला नकआउट फुटबल प्रतियोगिता आउँदो फागुन ५ देखि २० गतेसम्म हुने भएको छ ।

डियोबजार स्थित हिमालय सामुदायिक विकास केन्द्रको खेलमैदानमा हुने प्रतियोगिताको आवश्यक तयारी पनि अन्तिम चरणमा रहेको आयोजकले जानकारी दियो ।

कञ्चन गाउँपालिका, रुपन्देहीको विशेष सहयोग रहने प्रतियोगिताको विजेताले उपाधिसहित नगद २,२२,२२२ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १,११,१११ रुपैयाँ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष प्रकाश थापाले बताए ।

त्यस्तै व्यक्तिगत विधातर्फ पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो । प्रतियोगितालाई भव्यताका साथ सम्पन्न गर्न सबैको साथ र सहयोगको अपेक्षा समेत गरिएको आयोजक क्लबका अध्यक्ष प्रकाश थापाले बताए । 

Post Comments