News एपिएफ स्कुल कपमा ल्याबोरेटरीको १७ गोल
गोलनेपाल

किर्तिपुर । यहाँ जारी एपिएफ स्कुल कप अन्तरविद्यालय आमन्त्रित फुटबल प्रतियोगितामा ल्याबोरेटरी स्कुलले गोलको वर्षा गर्दै फराकिलो जित हात पारेको छ ।

आयोजक एपिएफ स्कुलको खेलमैदानमा भएको खेलमा ल्याबोरेटरीले बेसिक लर्निङ्ग बोर्डिङ्ग स्कुललाई १७–० को फराकिलो अन्तरले हरायो । ल्याबोरेटरीका लागि रबिन बोमजनले एक्लै आठ गोल गरे । त्यस्तै आकर्षण खत्रीले ४ गोल गरे भने निशान बुढाथोकी, विज्ञान खड्का, रितिक फडेराले १–१ गोल गरे । थप दुई गोल भने विपक्षी टोलीका खेलाडीले आत्मघाती गोलका रुपमा गरेका थिए ।

त्यस्तै अर्को खेलमा सैनिक स्कुलले डिएभी स्कुललाई ८–० को फराकिलो अन्तरले हरायो । सैनिक स्कुलको जितमा अनुभव पुरीले ३ गोल गरे भने रोहित श्रेष्ठले २ गोल गरे । त्यस्तै किशन थापा र उज्ज्वल राईले थप एक–एक गोल गर्दा अर्को एक गोल भने डिएभी स्कुलका खेलाडीले आत्मघाती गोलका रुपमा गरेका थिए ।

त्यसैगरी अर्को खेलमा ब्राईट होराईजन चिल्ड्रेन्स होमले क्रियटिभ एकेडेमीमाथि ६–० को सहज जित हात पार्यो । ब्राईट होराईजनका लागि सन्देश गहतराजले ३ गोल गरे भने दावा शेर्पा, चक्रसिंह मनिया र सतिष शाहीले एक–एक गोलको योगदान दिए ।

एपिएफ स्कुल, किर्तिपुर, काठमाडौंको आयोजनामा जारी प्रतियोगिता अन्तरगत माघ २९ गते आइतबारका दिन पनि तीन खेलहरु खेल संयोजक राजकुमार प्याकुरेलले जानकारी दिए ।

 

Post Comments