News आयोजक नवयुवा सुर्यनगर गोल्डकपको क्वाटरफाइनलमा
गोलनेपाल

सुर्यनगर । साँघुरो जितका साथ आयोजक नवयुवा क्लब, बर्दघाट यहाँ जारी सातौं सुर्यनगर गोल्डकप खुला नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

सुर्यनगर रंगशालामा शनिबार भएको अन्तिम प्रिक्वाटरफाइनलमा नवयुवाले वालिङ युनाइटेड, स्याङ्जालाई शून्यका विरुद्ध १ गोलले हराउँदै क्वाटरफाइनल यात्रा तय गर्न सफल भएको हो ।

खेलमा नवयुवाका अनुप बाह्रघरे म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद ३ हजार र ट्रफी हात पारे । प्रतियोगिता अन्तरगत माघ २९ गते आइतबारको पहिलो क्वाटरफाइनल खेल कपिलवस्तु–११ । हरिवन युवा क्लब, सर्लाहीबीच हुने खेल संयोजक भरत गुरुङ्गले जानकारी दिए ।

नवयुवा क्लब, बर्दघाट–१६, सुर्यनगरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५ लाख हात पार्नेछ भने उपविजेताले ३ लाख प्राप्त गर्नेछ । फाइनल खेल फागुन ७ गतेका दिन हुनेछ ।

 

Post Comments