News सौभाग्य युवा क्लब क्वाटरफाइनलमा
सुरज राना मगर

ठुटिपिपल । सौभाग्य युवा क्लब यहाँ जारी दशौं नवयुवा कप खुला नकआउट फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ । कर्मडाँडा खेलमैदानमा शनिबार भएको प्रिक्वाटरफाइनलतर्फ सौभाग्यले हिमाल युवा क्लबलाई २–१ ले हराउँदै क्वाटरफाइनल यात्रा तय गरेको हो ।

खेलमा सौभाग्यका केशव दर्लामी म्यान अफ द म्याच घोषित भए । उनले पुरस्कार वापत नगद १५ सय र ट्रफी हात पारे । प्रतियोगिता अन्तरगत माघ २९ गते आइतबारको खेल फर्साटिकर युवा क्लब र बिग बुद्ध क्लबबीच हुने प्रचार प्रसार संयोजक बिष्णु बरालले जानकारी दिए ।

नवयुवा खेलकुद तथा साँस्कृतिक परिवार, ठुटिपिपलको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाख प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष चन्द्र गुरुङ्गले जानकारी दिए । फाइनल खेल भने आउँदो फागुन ९ गतेका दिन हुनेछ ।

Post Comments