
काठमाडौं । भारतसँग उसकै घरेलु मैदानमा हुने दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल म्याच खेल्न त्यसतर्फ जाने नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई आइतबार एक कार्यक्रमका बीच विदाई गरिएको छ ।
सातदोबाटो स्थित एन्फा कम्प्लेकसमा भएको एक कार्यक्रमका बीच राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले नेपाली टोलीलाई विदाई गरे । सो अवसरमा अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ उपाध्यक्ष विर बहादुर खड्का, महासचिव किरन राई, कार्यसमिति सदस्यहरु पुरुषोत्तम थापा, रुपेश अधिकारी, सरिला श्रेष्ठ, पेमा डोल्मा लामा लगायतको उपस्थिति रहेको थियो ।
स्मरण रहोस, नेपालले भारतसँग फागुन ३ र ६ गतेका दिन चेन्नईमा दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण म्याच खेल्दैछ । अनुभवी प्रशिक्षक अनन्त थापाको प्रशिक्षकीय जिम्मेवारीमा रहेको नेपाली महिला फुटबल टोलीको सहायक प्रशिक्षकमा पारस चौधरी छन् । त्यस्तै नेपाली टोलीको कप्तानी गोलरक्षक अन्जिला तुम्बापो सुब्बाले गर्ने तय भएको छ ।
- नेपाली यु–२३ टोलीको सहायक प्रशिक्षकमा धिमाल, गोलकिपिङ प्रशिक्षकमा महर्जन र म्यानेजरमा श्रेष्ठ नियुक्त
- नेपाली राष्ट्रिय यु–२३ फुटबल टोलीको मुख्य प्रशिक्षकमा न्यौपाने
- एन्फाको सहायक महासचिव पदबाट अलग भए जोशी (पत्रसहित)
- महिला लिग छ्नौट खेल्ने क्लबहरुका लागि सामाजिक सञ्जाल र फिफा कनेक्ट कार्यशाला सम्पन्न
- भरतपुर मेयर कप : दोस्रो चरणको चार खेल सम्पन्न