काठमाडौं । भारतसँग उसकै घरेलु मैदानमा हुने दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल म्याच खेल्न त्यसतर्फ जाने नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई आइतबार एक कार्यक्रमका बीच विदाई गरिएको छ ।
सातदोबाटो स्थित एन्फा कम्प्लेकसमा भएको एक कार्यक्रमका बीच राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले नेपाली टोलीलाई विदाई गरे । सो अवसरमा अखिल नेपाल फुटबल संघ (एन्फा) का वरिष्ठ उपाध्यक्ष विर बहादुर खड्का, महासचिव किरन राई, कार्यसमिति सदस्यहरु पुरुषोत्तम थापा, रुपेश अधिकारी, सरिला श्रेष्ठ, पेमा डोल्मा लामा लगायतको उपस्थिति रहेको थियो ।
स्मरण रहोस, नेपालले भारतसँग फागुन ३ र ६ गतेका दिन चेन्नईमा दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण म्याच खेल्दैछ । अनुभवी प्रशिक्षक अनन्त थापाको प्रशिक्षकीय जिम्मेवारीमा रहेको नेपाली महिला फुटबल टोलीको सहायक प्रशिक्षकमा पारस चौधरी छन् । त्यस्तै नेपाली टोलीको कप्तानी गोलरक्षक अन्जिला तुम्बापो सुब्बाले गर्ने तय भएको छ ।
- फ्रेण्डस क्लबका पूर्व अध्यक्ष राणाको निधन
- साफ महिला च्याम्पियनसिपका लागि ३५ खेलाडीहरु बन्द प्रशिक्षणमा बोलाइए
- सरकारको योजनाः सातै प्रदेशमा रंगशाला, खेल प्रशासनमा राजनैतिक नियुक्ति खारेज (पत्रसहित)
- विवादबीच प्रक्रिया पूरा गर्दै राष्ट्रिय टोली लाओस प्रस्थान (पत्रसहित)
- नेपाली राष्ट्रिय पुरुष फुटबल टोली लाओस प्रस्थान