काठमाडौं । राष्ट्रिय युवा संघ नेपालको आयोजनामा यही फागुन ११ गतेदेखि शुरु हुन गईरहेको केपी ओली कप राष्ट्रिय फुटबल प्रतियोगिताको खेलतालिका सार्वजनिक गरिएको छ ।
सातदोबाटो स्थित एन्प्mा कम्प्लेक्समा हुने प्रतियोगिताको उद्घाटन खेलमा सातदोबाटो युथ क्लब र नेपाल पुलिस क्लब भिड्ने तय भएको छ । खेलतालिकामा उल्लेख भए अनुसार सेमिफाइनलसम्मका खेलहरु एन्फा कम्प्लेक्समा हुनेछन् । फाइनल खेल भने दशरथ रंगशालामा हुनेछ ।
प्रतियोगितामा आयोजकको एक टोली र सात ए डिभिजन क्लबहरु गरी कुल ८ टोलीहरुले सहभागिता जनाउँदै छन् । प्रतियोगिताको विजेताले उपाधिसहित नगद १० लाख हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्नेछ । विधागततर्फ पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।
एमालेका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री केपी ओलीको नाममा हुन गईरहेको प्रतियोगिताको फाइनल खेल भने फागुन १७ गतेका दिन हुनेछ ।
- ट्वेल्भ फुटबल ट्रेनिङ सेन्टरले न्युरोडाइभर्स बालबालिका लागि विशेष फुटबल प्रशिक्षण कार्यक्रम गर्ने
- राष्ट्रिय फुटसल टिमलाई नगद पुरस्कार वितरण समारोह सम्पन्न
- खेलकुदलाई चार अर्ब बढीको बजेट
- एक्स्ट्रिम इनर्जी ड्रिंक्सको “स्क्यान मा सुन” अभियान सार्वजनिक
- ‘थ्री अन थ्री फुटबल क्लिनिक एन्ड च्याम्पियनसिप हुँदै