News लिस्नु नवयुवा कपको सेमिफाइनलमा
सुरज राना मगर

ठुटिपिपल । लिस्नु युवा क्लब, कोटिहवा जारी १०औं नवयुवा कप खुला नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार भएको पहिलो क्वाटरफाइनलमा माउण्ट स्टार क्लब, बुटवललाई टाईब्रेकरमा ४–३ ले हराउँदै लिस्नु अन्तिम चारमा प्रवेश गरेको हो ।

त्यसअघि ओमसतिया–२ स्थित कर्मडाँडा खेलमैदानमा भएको निर्धारित समयको खेल दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । त्यसपछि भएको टाईब्रेकरमा लिस्नुले नतिजा आफ्नो पक्षमा पार्न सफल भएको थियो । खेलमा लिस्नुका गोलरक्षक सागर रोका मगर म्यान अफ द म्याच घोषित भए ।

प्रतियोगिता अन्तरगत फागुन ३ गते बुधबारको दोस्रो क्वाटरफाइनल खेल योङ स्टार मडाहा र देवदह ब्वाईज, ढेकावरबीच हुने खेल संयोजक बिष्णु बरालले जानकारी दिए ।

नवयुवा खेलकुद तथा साँस्कृतिक परिवार, ठुटिपिपलको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाख प्राप्त गर्नेछ । फाइनल खेल यही फागुन ९ गतेका दिन हुने आयोजक क्लबका अध्यक्ष चन्द्र गुरुङ्गले जानकारी दिए ।

 

Post Comments