News साबित्रा चम्किदा नेपालको रोमाञ्चक बराबरी
गोलनेपाल

काठमाडौं । स्टार फरवार्ड साबित्रा भण्डारी चम्किदा भारत विरुद्धको पहिलो अन्तर्राष्ट्रिय मेत्रीपूर्ण म्याचमा नेपालले भारतसँग २–२ गोलको रोमाञ्चक बराबरी खेलेको छ ।

खेलमा नेपालले अन्तिम समयमा नाटकीय पूनःरागमन गर्यो । त्यसअघि ५६औं मिनटमा सौम्या गुगुलोथको गोलबाट अग्रता लिएको भारतले लगतै ६८औं मिनटमा इन्दुमतीको गोलबाट त्यो अग्रता दोब्बर बनाएको थियो ।

यद्यपि खेलको ९०औं मिनटमा भारतीय खेलाडीले बक्स भित्र ह्याण्ड गरेपछि नेपालले पेनाल्टीको अवसर पाएको थियो । जसलाई साबित्रा भण्डारीले कुनै गल्ती नगरी गोलमा परिणत गरिन् । त्यसको दुई मिनट लगतै साबित्राले सुन्दर फिनिसिङ्गसहित दोस्रो गोल गर्दै खेललाई रोमाञ्चक बराबरीमा ल्याएकी थिईन् ।

नेपाल र भारतबीचको दोस्रो मैत्रीपूर्ण खेल शनिबार हुनेछ ।

Post Comments