News एपिएफ, मोर्डन इण्डियन, ल्याबोरेटरी र ब्लुमको जित
गोलनेपाल

किर्तिपुर । जारी सातौं नेपाल एपीएफ स्कुल कप आमन्त्रित फुटबल प्रतियोगितामा बुधबार नेपाल एपीएफ स्कुल, मोर्डन ईण्डियन स्कुल, ल्याबोरेटरी स्कुल र ब्लुम नेपाल स्कुलले आ–आफ्नो खेलमा जित हात पारेका छन् ।

दिनको पहिलो खेलमा आयोजक नेपाल एपीएफ स्कुलले राराहिल मेमोरियल स्कुललाई ७–० को फराकिलो अन्तरले हरायो । एपिएफको जितमा विकास बोहोराले ३ गोल गरे भने रोहित गोलेले २ गोल गरे । त्यस्तै तेन्जिङ्ग शेर्पा र डम्बर बिकले एक–एक गोलको योगदान दिए ।

अर्को खेलमा ल्याबोरेटरीले सैनिक आवासीय महाविद्यालयलाई ३–१ ले हरायो । ल्याबोरेटरीका लागि निशान बुढाथोकीले ह्याट्रिक जमाए । उता पराजित सैनिक आवासीयका लागि रोहित श्रेष्ठले एक मात्र गोल फर्काए ।

त्यस्तै मोर्डन ईन्डियन स्कुलले पुष्पाञ्जली स्कुललाई ४–३ गोल अन्तरले पराजित गर्यो । मोर्डनका लागि विज्ञान मगर, दिपेन्द्र भुषाल, जेनिस दवाडि र हर्षित डंगोलले गोल गरे । उता पराजित पुष्पाञ्जलीको तर्फबाट सविन कार्कीले ह्याट्रिक गरेका थिए ।

त्यसैगरी दिनको अन्तिम खेलमा ब्लुम नेपाल स्कुलले क्रियटिभ एकेडेमीलाई ३–० गोल अन्तरले पराजित गर्यो । ब्लुम नेपालको तर्फबाट राजकुमार रावलले दुई गोल गरे भने सविन बुढाले थप एक गोल गरेका थिए ।

नेपाल एपिएफ स्कुल, किर्तिपुर, काठमाडौंको आयोजनामा जारी प्रतियोगितामा कुल २० विद्यालयका फुटबल टोलीहरुले सहभागिता जनाएका छन् ।

Post Comments