News सुवासलाई एएफसी फुटबल म्यानेज्मेन्टमा डिप्लोमा'
गोलनेपाल

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) को प्रतियोगिता व्यवस्थापकका रुपमा कार्यरत सुवास न्यौपानेले एएफसी फुटबल म्यानेजमेण्टमा डिप्लोमा प्रमाणपत्र प्राप्त गर्न सफल भएका छन् ।

एसियाली फुटबल महासंघ (एएफसी) ले बिहीबार अनलाईनमार्फत दिक्षान्त कार्यक्रमको आयोजना गरी विश्वभरिबाट सहभागि कुल २० जनालाई एएफसी फुटबल म्यानेजमेण्टको डिप्लोमा प्रमाणपत्र हस्तान्तरण गर्यो ।

१३ महिने एएफसी फुटबल म्यानेज्मेन्ट डिप्लो कोर्षमा विभिन्न एशोसिएट राष्ट्रहरुको फुटबल संघका ब्यवस्थापकिय जिम्मेवारीमा रहेको ब्यक्तिहरुको सहभागिता रहेको थियो ।

दिक्षान्त समारोहलाई सम्बोधन गर्दै एएफसी सदस्य राष्ट्रको महासचिव वाहिद कर्दानीले प्रमाणपत्र प्राप्त सहभागि सबैलाई बधाई ज्ञापन गर्दै फुटबल ब्यवस्थापन गर्न सक्ने अब्बल जनशक्ति उत्पादन भएको प्रति विश्वस्त रहेको भनाई राखे ।

सुवासले सन् २०२२ को जनवरीमा शुरु भएको एएफसी फुटबल म्यानेज्मेन्ट डिप्लोमा कोर्षको दोस्रो ब्याचमा सहभागिता जनाएका थिए । नेपालबाट एएफसीको फुटबल ब्यवस्थापन सम्बन्धि प्रमाणपत्र प्राप्त गर्ने सुवास पहिलो ब्यक्ति हुन् ।

Post Comments