ठुटिपिपल । उत्कृष्ट जित हात पार्दै फर्साटिकर युवा क्लब जारी दशौं नवयुवा कप खुला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । शनिबार सम्पन्न पहिलो सेमिफाइनलमा फर्साटिकरले योङ्ग स्टार क्लबलाई शून्यका विरुद्ध ३ गोलले हराउँदै उपाधि नजिक पुगेको हो ।
ओमसतिया–२ स्थित कर्मडाँडा खेलमैदानमा भएको खेलमा फर्साटिकरका लागि बिक्रम पौडेल, बलराम न्यौपाने र टिकाराज गुरुङ्गले एक–एक गोल गरे । खेलमा फर्साटिकरका बिक्रम पौडेल म्यान अफ द म्याच घोषित भए ।
प्रतियोगिता अन्तरगत फागुन ७ गते आइतबारको दोस्रो सेमिफाइनल खेल लिस्नु युवा क्लब, कोटिहवा र फोर ब्रदर्श क्लब, नवलपरासीबीच हुने खेल संयोजक बिष्णु बराल मगरले जानकारी दिए ।
नवयुवा खेलकुद तथा साँस्कृतिक परिवार, ठुटिपिपलको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाख प्राप्त गर्नेछ । फाइनल खेल यही फागुन ९ गतेका दिन हुनेछ ।

- रुपन्देहीमा एसियन पेन्टस च्याम्पियन्स कप छात्रा फुटबल प्रतियोगिता शुरु
- २४औं लिस्नु कपको तयारी पूरा (खेलतालिकासहित)
- रुपन्देहीको कञ्चन गाउँपालिकामा तेस्रो गौतम बुद्ध कप शुरु
- वी ब्वाईज कपः उपाधिका लागि लखन ब्रदर्श र वी ब्वाईज भिड्ने
- युरी एफसी सेमिफाइनलमा, अन्तिम क्वाटरफाइनल र दुई सेमिफाइनल मंगलबार हुने