
हेटौडा । हिमालयन शेर्पा क्लब जारी स्थानीय तह शहिद स्मृति पाँचौं मकवानपुर गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गर्ने अन्तिम टोली बनेको छ । शनिबार भएको चौथो क्वाटरफाइनलमा फ्रेण्डस क्लबलाई १–२ ले हराउँदै शेर्पा अन्तिम चारमा प्रवेश गर्न सफल भएको हो ।
पिप्ले क्याम्पा रंगशालामा भएको खेलको तेस्रो मिनट मै अमृत श्रेष्ठको गोलबाट शेर्पाले खेलमा अग्रता लिएको थियो । यद्यपि दोस्रो हाफको ६७औं मिनटमा अन्जन महर्जनले फ्रेण्डसका लागि बराबरी गोल फर्काउन सफल भएका थिए । प्रतिस्पर्धात्मक खेलको अन्तिमतिर ८१औं मिनटमा कप्तान विश्वास श्रेष्ठले शेर्पाका लागि निर्णायक गोल गर्दै टोलीलाई रोमाञ्चक जित दिलाउन सफल भएका थिए ।
खेलमा निर्णायक गोल गरेका शेर्पाका कप्तान विश्वास श्रेष्ठ नै म्यान अफ द म्याच चुनिए । उनले पुरस्कार वापत नगद १० हजार र ट्रफी हात पारे । शेर्पाले दोस्रो सेमिफाइनलतर्फ फागुन ८ गतेका दिन एभनिर एफसीसँग खेल्नेछ । प्रतियोगिता अन्तरगत फागुन ७ गते आइतबारको पहिलो सेमिफाइनल खेल मनाङ मस्र्याङ्दी क्लब र एपिएफ फुटबल क्लबबीच हुने आयोजकले जानकारी दियो ।
मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १५ लाख हात पार्नेछ भने उपविजेताले १० लाख प्राप्त गर्नेछ । फाइनल खेल यही फागुन १० गतेका दिन हुनेछ ।
- मकवानपुर महिला गोल्डकपको सर्वश्रेष्ठ खेलाडीले पाउने पुरस्कार प्रायोजन पूर्व राज्यमन्त्री बानियाँले गर्ने
- छैठौ स्थानीय तह सहिद स्मृती मकवानपुर गोल्डकपको आय व्यय सार्वजनिक
- हेटौडामा नागस्वती एकेडेमी कप यु–१४ फुटबल प्रतियोगिता हुँदै
- दशौँ हेटौडा भेट्रान्स कपको उपाधि किङकम भेट्रान्सलाई
- बानेस्वर, फ्रिडम फाईटर र किङकम भेट्रान्स सेमिफाइनलमा