News फोर ब्रदर्श नवयुवा कपको फाइनलमा
सुरज राना मगर

ठुटिपिपल । फोर ब्रदर्श एफसी, नवलपरासी जारी दशौं नवयुवा कप खुला नकआउट फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आइतबार भएको दोस्रो सेमिफाइनलमा फोर ब्रदर्शले लिस्नु युवा क्लबलाई शून्यका विरुद्ध १ गोलले हराउँदै फाइनल यात्रा तय गरेको हो ।

ओमसतिया–२ स्थित कर्मडाँडा खेलमैदानमा भएको खेलको ३६औं मिनटमा अनुज भण्डारीले गरेको एक मात्र गोल फोर ब्रदर्शलाई फाइनल पुर्याउन निर्णायक बन्यो । खेलमा फोर ब्रदर्श कै सदिप केसी म्यान अफ द म्या घोषित भए । उनले पुरस्कार वापत नगद १५ सय र ट्रफी हात पारे ।

फोर ब्रदर्शले अब मंगलबार हुने फाइनलमा फर्साटिकर युवा क्लबसँग उपाधिका लागि भिड्नेछ । फर्साटिकरले शनिबार मात्रै पहिलो सेमिफाइनलमा योङ्ग स्टार क्लबलाई ३–० ले हराउँदै फाइनलमा स्थान सुरक्षित गरिसकेको छ ।

नवयुवा खेलकुद तथा साँस्कृतिक परिवार, ठुटिपिपलको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २ लाख हात पार्नेछ भने उपविजेताले १ लाख प्राप्त गर्ने आयोजक क्लबका अध्यक्ष चन्द्र गुरुङ्गले जानकारी दिए । त्यस्तै व्यक्तिगत विधातर्फ पनि आकर्षक पुरस्कारको व्यवस्था गरिएको अध्यक्ष गुरुङ्गले बताए ।

Post Comments