News देवदहको जितमा जमिरको निर्णायक दुई गोल
गोलनेपाल

दियोबजार । जमिर मियाँ निर्णायक बनेको खेलमा देवदह ब्वाईज, ढेकावरले यहाँ जारी कञ्चन कपमा क्वाटरफाइनलको यात्रा तय गरेको छ । आइतबार कञ्चन–४, दियोबजार स्थित स्थानीय खेलमैदानमा भएको प्रिक्वाटरफाइनलमा देवदहले फर्साटिकर युवा क्लबलाई २–१ ले हरायो ।

देवदहको जितमा दुवै गोल जमिर मियाँले गरे । उता पराजित फर्साटिकरका लागि बलराम न्यौपानेले एक मात्र गोल फर्काएका थिए । खेलमा निर्णायक दुई गोल गरेका देवदहका बलराम न्यौपाने म्यान अफ द म्याच समेत चुनिए ।

प्रतियोगिता अन्तरगत फागुन ८ गते सोमबारको अन्तिम प्रिक्वाटरफाइनल खेल कपिलवस्तु–११ र गोर्खा ब्वाईज स्पोर्टस क्लब, बुटवलबीच हुने आयोजकले जानकारी दियो ।

हिमालय सामुदायिक विकास केन्द्र, कञ्चन–४, दियोबजारको आयोजना तथा कञ्चन गाउँपालिकाको विशेष सहयोगमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २,२२,२२२ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १,११,१११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । फाइनल खेल यही फागुन २० गतेका दिन हुनेछ ।

Post Comments