News प्लस टु फुटसल यही फागुन १२ र १३ गते हुँदै
गोलनेपाल

पोखरा । मास ब्रदर्शको आयोजनामा यही फागुन १२ र १३ गतेका दिन प्लस टु फुटसल प्रतियोगिता हुने भएको छ । प्रतियोगिताको आवश्यक तयारी पनि पूरा भईसकेको आयोजकले जानकारी दियो ।

बी–फिट फुटसलमा हुने दुई दिने प्रतियोगितामा सहभागिताका लागि टिमदर्ता शुल्क २५ सय तोकिएको पनि आयोजकले जनाएको छ ।

नेपाल मुस्लिम युथ कमिटी, पोखरा–१३ को विशेष सहयोग रहने प्रतियोगिताको विजेताले उपाधिसहित नगद ५० हजार हात पार्नेछ भने उपविजेताले २५ हजार प्राप्त गर्नेछ । त्यस्तै विधागततर्फ उत्कृष्ट हुने खेलाडीहरुलाई पनि पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दियो ।

Post Comments