भद्रपुर । दावेदार मध्ये एक विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब यहाँ जारी मुस्ताङ प्रथम भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
बिहीबार भएको तेस्रो क्वाटरफाइनलमा आर्मीले ड्रुक ल्हायुल एफसी, भुटानलाई शून्यका विरुद्ध २ गोलले हराउँदै आर्मी अन्तिम चारमा प्रवेश गरेको हो । मेची रंगशालामा भएको खेलको तेस्रो मिनट मै जितैन्द्र कार्कीको गोलबाट आर्मीले खेलमा अग्रता लिएको थियो । ६४औं मिनटमा सुशान्त चौधरीले दोस्रो गोल गर्दै विभागीय टोलीको जित पक्का गरेका थिए ।
खेलमा आर्मीका जितेन्द्र कार्की म्यान अफ द म्याच चुनिए । उनले पुरस्कार वापत नगद २० हजार र ट्रफी हात पारे । आर्मीले सेमिफाइनलमा शनिबार बलियो प्रतिद्वन्द्वी संकटाको सामना गर्नेछ ।
प्रतियोगिता अन्तरगत फागुन १२ गते शुक्रबारको अन्तिम क्वाटरफाइनल खेल नेपाल एपिएफ एफसी र कावरन बजार प्रगति संघ, ढाका, बंगलादेशबीच हुने आयोजकले जानकारी दियो ।
भद्रपुर झापा गोल्डकप आयोजक समितिको आयोजना तथा झापा जिल्ला खेलकुद विकास समितिको समन्वयमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १३ लाख हात पार्नेछ भने उपविजेताले ७ लाख प्राप्त गर्नेछ । फाइनल खेल यही फागुन १६ गतेका दिन हुनेछ ।

- जेठ २४ देखि बिर्तामोड च्यालेन्ज कप, विजेताले १ लाख ११ हजार पाउने
- झिलझिले भेट्रान्सलाई चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि
- घरेलु मैदान दुधे रङ्गशालामा आयोजक दुधे भेट्रान्सको दबदबा
- प्रवीन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले क्लब, झापामा जारी चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि नजिक
- प्रविन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको अन्तिम चारमा