News आमी भद्रपुर झापा गोल्डकपको सेमिफाइनलमा
गोलनेपाल

भद्रपुर । दावेदार मध्ये एक विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब यहाँ जारी मुस्ताङ प्रथम भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बिहीबार भएको तेस्रो क्वाटरफाइनलमा आर्मीले ड्रुक ल्हायुल एफसी, भुटानलाई शून्यका विरुद्ध २ गोलले हराउँदै आर्मी अन्तिम चारमा प्रवेश गरेको हो । मेची रंगशालामा भएको खेलको तेस्रो मिनट मै जितैन्द्र कार्कीको गोलबाट आर्मीले खेलमा अग्रता लिएको थियो । ६४औं मिनटमा सुशान्त चौधरीले दोस्रो गोल गर्दै विभागीय टोलीको जित पक्का गरेका थिए ।

खेलमा आर्मीका जितेन्द्र कार्की म्यान अफ द म्याच चुनिए । उनले पुरस्कार वापत नगद २० हजार र ट्रफी हात पारे । आर्मीले सेमिफाइनलमा शनिबार बलियो प्रतिद्वन्द्वी संकटाको सामना गर्नेछ ।

प्रतियोगिता अन्तरगत फागुन १२ गते शुक्रबारको अन्तिम क्वाटरफाइनल खेल नेपाल एपिएफ एफसी र कावरन बजार प्रगति संघ, ढाका, बंगलादेशबीच हुने आयोजकले जानकारी दियो ।

भद्रपुर झापा गोल्डकप आयोजक समितिको आयोजना तथा झापा जिल्ला खेलकुद विकास समितिको समन्वयमा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १३ लाख हात पार्नेछ भने उपविजेताले ७ लाख प्राप्त गर्नेछ । फाइनल खेल यही फागुन १६ गतेका दिन हुनेछ ।

Post Comments