News न्यू स्टार क्लब अन्तिम चारमा प्रवेश
रमेश समदर्शी

जलथल (झापा) । बिर्तामोडको न्यू स्टार क्लब जलथल एफसीले आयोजना गरेको दोस्रो हल्दिबारी गाउँपालिका मिनी कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

हल्दिबारी ५ स्थित शान्ति सामुदायिक वनको खेलमैदानमा आज भएको दोस्रो क्वाटरफाइनल खेलमा बाह्रदशीको राजगढ एफसीलाई २-० गोलले पराजित गर्दै न्यू स्टार सेमिफाइनलमा प्रवेश गरेको हो ।

न्यू स्टारका लागि निमा तामाङ र सुमन लिम्बूले गोल गरेका हुन् । खेलका प्लेयर अफ दी म्याच निमा तामाङ भए । उनले नगद २ हजार पाए । न्यू स्टारसँगै उद्घाटन खेलमा जित निकालेको मोरङको भाउन्ने युथ क्लब अन्तिम चारमा प्रवेश गरेको छ ।

Post Comments