News
न्यू स्टार क्लब अन्तिम चारमा प्रवेश
जलथल (झापा) । बिर्तामोडको न्यू स्टार क्लब जलथल एफसीले आयोजना गरेको दोस्रो हल्दिबारी गाउँपालिका मिनी कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
हल्दिबारी ५ स्थित शान्ति सामुदायिक वनको खेलमैदानमा आज भएको दोस्रो क्वाटरफाइनल खेलमा बाह्रदशीको राजगढ एफसीलाई २-० गोलले पराजित गर्दै न्यू स्टार सेमिफाइनलमा प्रवेश गरेको हो ।
न्यू स्टारका लागि निमा तामाङ र सुमन लिम्बूले गोल गरेका हुन् । खेलका प्लेयर अफ दी म्याच निमा तामाङ भए । उनले नगद २ हजार पाए । न्यू स्टारसँगै उद्घाटन खेलमा जित निकालेको मोरङको भाउन्ने युथ क्लब अन्तिम चारमा प्रवेश गरेको छ ।
सोमबार बिर्तामोडकै बुट्टाबारी युनाइटेड क्लबले आयोजक जलथल एफसीसँग तेस्रो क्वाटरफाइनल खेल खेल्नेछ । फाइनल विजेताले नगद १ लाख १ हजार १११ सहित ट्रफी पाउने छ ।
Post Comments
Related News
- जेठ २४ देखि बिर्तामोड च्यालेन्ज कप, विजेताले १ लाख ११ हजार पाउने
- झिलझिले भेट्रान्सलाई चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि
- घरेलु मैदान दुधे रङ्गशालामा आयोजक दुधे भेट्रान्सको दबदबा
- प्रवीन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले क्लब, झापामा जारी चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको उपाधि नजिक
- प्रविन विश्वकर्माको ह्याट्रिक मद्दतमा झिलझिले चौथो स्व. कर्णबहादुर नेम्बाङ स्मृति दुधे भेट्रान्स कपको अन्तिम चारमा